नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान चन्द्रगढीमा अवतरण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान चन्द्रगढीमा अवतरण


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौँमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौँ विमानस्थलले जनाएको छ ।

उक्त विमान काठमाडौँ आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौँ फर्काइने काठमाडौँ विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस