उपसभामुख निर्वाचनका लागि आज मनोनयन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख निर्वाचनका लागि आज मनोनयन


६ माघ २०७९, शुक्रबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

मतदान भोलि ९शनिबार० दिउँसो १ बजेबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा तय गरिएको छ ।

सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ । रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने जानकारी दिएका छन् ।

रास्वपाबाट उपसभामुख उम्मेदवारमा सोविता गौतमको चर्चा छ ।

डा। चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा राना मगरलगायत आकाङ्क्षी देखिए पनि गौतम प्रत्यक्ष निर्वाचित भएकाले उनको सम्भावना बढी भएको बताइएको छ ।

सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस