जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा


५ माघ २०७९, बिहिबार


काठमाडौँ । जीवित शिशुलाई मृत घोषणा गर्ने कोसी अस्पतालका चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई मृत घोषणा गर्ने चिकित्सक डा. अशोक यादव र अन्य दुई जना चिकित्सक निलम्बनमा परेका हुन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलका अनुसार उनीहरूलाई ७ दिनका लागि निलम्बन गरिएको छ । जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ ।

छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा. यादव र अन्य दुई चिकित्सक निलम्बन गरिएको हो । उनीहरूलाई स्वास्थ्य मन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको छ । शिशुको अहिले एक निजी अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार : जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कामकाजमा रोक, छानबिन समिति गठन

Tags :
प्रतिक्रिया दिनुहोस