भारतीय कम्पनीद्वारा पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन पेस  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतीय कम्पनीद्वारा पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन पेस 


५ माघ २०७९, बिहिबार


काठमाडौँ । एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन)  प्रतिवेदन लगानी बोर्ड नेपाललाई बुझाएको छ । बिहीबार एक कार्यक्रमका बीच लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई एनएचपीसी इन्डियाले प्रतिवेदन बुझाएको छ ।

लगानी बोर्डका सह-प्रवक्ता रमेश अधिकारीका अनुसार प्रतिवेदनमा आयोजनाको सम्भाव्यता अध्ययन गर्न विधिहरू प्रस्ताव गरिएको छ । त्यसलाई लगानी बोर्डले स्वीकृत गरेपछि आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुनेछ ।

अबको २१ महिनाभित्र एनएचपीसी इन्डिया लिमिटेडले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन दिनेछ । त्यसलाई लगानी बोर्डले स्वीकृत गरेपछि परियोजनामा विदेशी लगानी भित्र्याउने प्रक्रिया सुरु हुनेछ । सम्भाव्यता अध्ययन प्रतिवेदनमा आधारमा आयोजनाको लागत र लगानी मोडालिटीको टुङ्गो लाग्नेछ । त्यसपछि परियोजना विकास सम्झौता भएर कम्पनीलाई लगानी जुटाउन समय दिइनेछ ।

गत २ भदौमा एनएचपीसी कम्पनीले विना प्रतिस्पर्धा एकसाथ २ कम्पनीको सर्वेक्षण अनुमति पाएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा पश्चिम सेती (७५० मेगावाट) र सेती नदी-६ (४५० मेगावाट) आयोजनाको विकासका लागि एनएचपीसीले लगानी बोर्ड नेपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

सो समारोहमा एनएचपीसीले दुई जलविद्युत आयोजनाको विकास गर्न नेपालमा १८ हजार करोडभन्दा बढी लगानी गर्ने बताएको थियो । यी आयोजनाहरूलाई समयमै र प्रभावकारी लागतमा सम्पन्न गर्न करिब पाँच दशकमा २२ वटा जलविद्युत आयोजना निर्माण र सञ्चालन गर्दा प्राप्त सबै विज्ञताको प्रयोग गर्ने उसको उद्घोष थियो ।

कम्पनीले पश्चिम सेतीको बिजुली बिक्री गर्न भन्दै पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस