सङ्घीयता मधेस जनक्रान्तिको देन हो : मन्त्री यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्घीयता मधेस जनक्रान्तिको देन हो : मन्त्री यादव


५ माघ २०७९, बिहिबार


काठमाडौँ। अन्तरिम संविधानको विद्रोहस्वरुप भएको मधेस जनक्रान्तिको देनकै कारण नेपालमा सङ्घीयता आएको मधेस प्रदेशका मन्त्री सञ्जय यादवले बताएका छन् ।

बलिदानी दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासक वर्गविरुद्ध गरिएको जनविद्रोहको क्रममा लहानमा पहिलो सहादत प्राप्त गरेका सहिद रमेश महतोको सम्झनामा बलिदानी दिवस मनाउन थालिएको बताए ।

मधेस जनविद्रोह र उपेन्द्र यादवको नेतृत्वमा मुलुकमा यति ठुलो परिवर्तन आएको बताउँदै उनले अहिले भएको परिवर्तनले नै सहिदको सपना साकार हुने बाटो निर्माण गरेको बताए । अहिले मधेसले आफ्नो पहिचान, आफ्नो शासन र आफ्नो प्रशासन लगायतका करिब सबै अधिकार पाएको र त्यो सबै सङ्घीयताको देन रहेको उनको भनाइ थियो ।

‘सहिदको सपना पनि यही थियो,’ उनले भने, ‘त्यसैले आजको यो दिनलाई सहिदको सपना साकार भएको स्वरूपमा पनि बलिदानी दिवसको रूपमा मनाउन थालिएको हो ।’ मन्त्री यादवले शताब्दीदेखिको एकीकृत शासन व्यवस्थालाई अन्त्य गर्दै मधेसले जनविद्रोह र सहिदहरूको सहादतबाट अधिकार प्राप्त गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस