काठमाडौँ । प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्र श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
श्रेष्ठले एक कार्यक्रकोबीच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पुस २९ गते बसेको बैङ्कको सञ्चालक समितिको ४५९ औँ बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ चयन भएका थिए ।