राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छौँ, कोसिस जारी छ : प्रचण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छौँ, कोसिस जारी छ : प्रचण्ड


५ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास गरिराख्ने बताएका छन् । 

बिहीवार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताएका हुन् । उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए । उपसभामुखको चुनावमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘आज सभामुखको चुनावमा हामी सत्ता साझेदार दलहरू एक ठाउँमा उभियौँ । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिस्पर्धा भयो । उपसभामुखको चुनाव पनि आजकै प्रक्रियामा हुन्छ ।राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस