देवराजको पक्षमा बहुमत « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

देवराजको पक्षमा बहुमत


५ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाले नयाँ सभामुख चुन्दै छ । सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली काँग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार छन् । बिहीबार बसेको बैठकमा दुवैको उम्मेदवारी पेस भएको छ । लगतै लामो छलफल सकिएको छ ।

छलफलका क्रममा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिने बताएका छन् ।

एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सांसद छन् । यस्तै जसपाका १२, नागरिक उन्मुक्तिका ४ र तीन सांसद जोड्दा घिमिरेको पक्षमा १७० मत देखिन्छ ।

काँग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ ।

काँग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । एक सांसद भएको नेमकिपाले भने कसलाई मत दिने भनेर खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस