सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएपछि… « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएपछि…


५ माघ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको सुनधारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस