वीर अस्पतालमा क्याथ ल्याब सञ्चालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीर अस्पतालमा क्याथ ल्याब सञ्चालन


५ माघ २०७९, बिहिबार


काठमाडौँ । वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आज सो ल्याबको उद्घाटन गरेका हुन् ।

वीरमा मासिक रूपमा करिब ५० जना क्याथ ल्याब आवश्यक भएका बिरामी आउने गरेको अस्पतालका कार्डियोलोजिस्ट डा. समीर पौडेलले बताए । ल्याब उद्घाटनका लागि पुगेका मन्त्री गिरी र राज्यमन्त्री कार्कीले अस्पतालको हेमोडाइलासिस वार्ड लगायतका वार्डहरू निरीक्षण पनि गरेका थिए ।

अस्पतालका निर्देशक डा. भुपेद्र बस्नेतले नर्सिङ जनशक्ति, एमआरआई, सिटी स्क्यान मेसिनहरू थप्न गरेको अनुरोधमा राज्यमन्त्री कार्कीले दरबन्दीको थप गर्न मन्त्रालयको तर्फबाट तुरुन्तै प्रक्रिया अघि बढाइने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस