लक्ष्मी लघुवित्तले लाभांश दिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लक्ष्मी लघुवित्तले लाभांश दिने


५ माघ २०७९, बिहिबार


काठमाडौँ । लक्ष्मी लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

४ माघ बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस