न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा राजीनामाको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा राजीनामाको घोषणा


५ माघ २०७९, बिहिबार


काठमाडौँ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्रीबाट राजीनामा दिने भएकी छन्।

आगामी महिना उनले न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

उनले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन्।

केही समयपछि नै उनको कार्यकाल अब सकिँदै थियो। तर अर्को निर्वाचनमार्फत पुनस् प्रधानमन्त्री बन्ने मौका भए पनि उनले त्यसो नगर्ने भएकी हुन्।

साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यावसायिक रूपमा कुनै योजना नभएको भन्दै भविष्यबारे विचार गर्न समय निकालेको प्रस्ट पारिन्।

न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ। सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि अबको त्यहाँको नयाँ प्रधानमन्त्री बन्नेछन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।

उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको समस्यामा परेको न्यूजील्याण्डलाई नेतृत्व गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस