एमाले लोकप्रिय पार्टी हो, कुरा होइन काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले लोकप्रिय पार्टी हो, कुरा होइन काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी


४ माघ २०७९, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले कुराभन्दा काम गरेर देखाउने बताएका छन् ।

नेकपा (एमाले) व्यास नगर कमिटीले आज दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरू काममा केन्द्रित हुने उल्लेख गरे । विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, “अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ ।” मुख्यमन्त्री अधिकारीले जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेको बताए । 

गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रस्ट पारेका थिए । “ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौँ, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौँ”, उनले भने ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताए । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मको काम गरिने बताउँदै मुख्यमन्त्री अधिकारीले भने, “पार्टीलाई एकताबद्ध भएर अगाडि बढाऔँ, एमाले लोकप्रिय पार्टी हो ।” 

Tags :
प्रतिक्रिया दिनुहोस