विभूषण वितरणको मापदण्ड बनाउन सरकारद्वारा समिति गठन  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विभूषण वितरणको मापदण्ड बनाउन सरकारद्वारा समिति गठन 


४ माघ २०७९, बुधबार


काठमाडौँ । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ ।

बुधबारको मन्त्रिपरिषदमा विभूषण तथा पदक वितरणका विषयमा छलफल भएको थियो । सो क्रममा हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस