नेपाल टेलिकमले माग्यो माफी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल टेलिकमले माग्यो माफी


४ माघ २०७९, बुधबार


नेपाल टेलिकम

काठमाडौँ । मङ्गलवार कम्पनीको सेवामा समस्या आएकोप्रति नेपाल टेलिकमले माफी मागेको छ ।

टेलिकमले आज बुधवार विज्ञप्ति निकालेर प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी रहेको उल्लेख गरेको छ ।

हिजो दिउँसो १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आउँदा केही बेर मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा बन्द भएको र तत्कालै समाधान गरिएको टेलिकमले जनाएको छ । तर समस्या समाधान भइसकेपछि कलहरूको सङ्ख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कन्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलो बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने पनि टेलिकमले प्रतिबद्धता जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस