स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छु : स्वास्थ्य मन्त्री गिरी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छु : स्वास्थ्य मन्त्री गिरी


४ माघ २०७९, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन् । त्यसका लागि आफूले अध्ययन थालेको बताएका गिरी मङ्गलवार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका थिए । 

यस्तै बुधबार उनले मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । 

गिरी एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका हुन् । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति र सुधारका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले त्यसमा आफू लागिपर्ने प्रतिबद्धता जनाए ।  मन्त्री गिरीले कान्तिमा बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय लगायतको अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि आफू लागिपर्ने भन्दै गिरीले सबैको साथको अपेक्षा रहेको समेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस