चिनीको आपूर्ति सहज बनाउन सरकारलाई अनुरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनीको आपूर्ति सहज बनाउन सरकारलाई अनुरोध


४ माघ २०७९, बुधबार


चिनी

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारलाई चिनीको आपूर्ति व्यवस्था सहज बनाउन अनुरोध गरेको छ । मञ्चले बुधबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिँदै चिनीको मूल्यमा उपभोक्ता ठगिएको जानकारी गराएको छ ।

उपभोक्ताले बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म तिर्न बाध्य भएको पनि मञ्चले प्रधानमन्त्री कार्यालयलाई बुझाएको निवेदनमा उल्लेख छ ।

आयात प्रतिबन्धका बाबजुद बजारमा अवैध चिनी भित्रिएको र ४० रुपैयाँमा किनिएको गुणस्तरहीन चिनी महँगोमा बिक्री गरिएको मञ्चले जनाएको छ ।

चिनीको आपूर्ति सरकारी ढङ्गबाट सही तरिकाले गराउन र अवैध आयातलाई रोक्न पनि मञ्चले सरकारलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस