२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाद्वारा भाषा ऐन पारित

अ+ अ-

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ ।

गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँ सभाले खानी खोला भाषा ऐन–२०७९, खानी खोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानी खोला भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐन–२०७९ पारित गरेको छ ।

यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐन पारित गरेको थियो ।

स्थानीय भाषाको संरक्षण एवं प्रवर्द्धनका लागि ती ऐन गाउँ सभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

संविधानमा उल्लिखित भएको मौलिक हकअनुसार गाउँ सभामार्फत ऐन पारित गरी, मातृभाषाको प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष थिङले बताए । सो गाउँपालिकामा तामाङ र मगर समुदायको बाक्लो बस्ती रहेका छन् । थिङका अनुसार यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाइ नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिससमेत गरिएको छ ।

उनले ऐनअनुसार स्थानीय विद्यालयका लागि स्थानीय भाषामा पाठ्यक्रम तयार गरिने बताउँदै गाउँपालिकाले स्थानीय विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी तामाङ मातृभाषा पठनपाठन गर्न चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गरेको जानकारी दिए ।