कृषि तथा पशुपक्षी विकास मन्त्री शाहद्वारा ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

कृषि तथा पशुपक्षी विकास मन्त्री शाहद्वारा ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले  ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गरेकी छिन् । आज मन्त्रालयमा पदवहाली गर्दै उनले दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेकी हुन् । 

कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छिन् । 

कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

Tags :
प्रतिक्रिया दिनुहोस