विशेष अदालतले फैसला गरेका चार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विशेष अदालतले फैसला गरेका चार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन 


३ माघ २०७९, मंगलबार


काठमाडौँ । विशेष अदालतले विभिन्न मितिमा गरेका फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार घुस/रिसवत सम्बन्धी विभिन्न चार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

गत असार ३० गते सोभिता साहविरुद्धको मुद्दामा भएको फैसला, गत जेठ १८ गते सुशील बुढाथोकी र ज्ञानबहादुर कार्कीविरुद्धको मुद्दामा भएको फैसला, गत असार १० गते राम नरेश पासवानविरुद्धको मुद्दामा भएको फैसला र पर्वत पौडेलविरुद्धको मुद्दामा गत साउन १२ गते भएको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको भण्डारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस