शैक्षिक गुणस्तर सुधारका लागि नीति तथा कार्यक्रम छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री खनाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शैक्षिक गुणस्तर सुधारका लागि नीति तथा कार्यक्रम छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री खनाल


३ माघ २०७९, मंगलबार


काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका छन् ।

शिक्षा मन्त्रालयमा मङ्गलवार पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताएका हुन् । 

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरेका छन् । 

टिच फर नेपालका सह संस्थापकसमेत रहेका शिशिर खनाल प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर विजयी भएका हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस