सुदूरपश्चिमका सभामुख भण्डारीद्वारा पदभार ग्रहण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमका सभामुख भण्डारीद्वारा पदभार ग्रहण


३ माघ २०७९, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिदै पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनीयताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका हुन् ।

पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी छलफल हुनेछ ।

भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस