समर्थक तथा शुभेच्छुकको असहमतिबीच अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ : लिङ्देन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समर्थक तथा शुभेच्छुकको असहमतिबीच अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ : लिङ्देन


३ माघ २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान तथा ऊर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’

राप्रपा ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस