२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीलाई उपचारका साथै बोली व्यवहार पनि महत्त्वपूर्ण छ : डा.सिंह

अ+ अ-

डोटी । सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलकी प्रमुख प्रहरी नायब उपरीक्षक स्त्रीरोग विशेषज्ञ डा.सबिता सिंहले अस्पतालमा सेवा लिन आउने सेवा ग्राहीहरूलाई गरिने उपचारका साथै उनीहरूसँग गरिने बोली व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएकी छन् ।

उनले भनिन्, सेवा लिन आउने ग्राहीलाई छिटो छरितो तथा गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो मुख्य दायित्व नै हो त्यसका साथै सेवा ग्राही के भएर अस्पताल आएका हुन् उनीहरुको कुरा सुन्ने, बुझ्ने सोही अनुरूपको उपचार गर्नुका साथै बिरामीलाई सान्त्वना दिँदा, हौसला दिँदा बिरामीहरूको मनोबल बढ्ने भएकाले उनीहरूसँगको बोली व्यवहार पनि अति नै महत्त्वपूर्ण हो ।

प्रहरी अस्पतालमा अहिले सम्म सेवा लिन आएका बिरामीहरू सन्तुष्ट भएर घर फर्केको अनुभव डा. सिंह सँग छ । केही सेवाग्राहीहरू सुरुमा अन्य हस्पिटलमा उपचार गर्न जान्छन् त्यहाँ ठिक नभएपछि प्रहरी अस्पतालमा आएर सेवा लिई ठिक भएर घर फर्केका समेत बताइन् ।

रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो डा. सिंहले भनिन् हरेक व्यक्तिले व्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य चेकजाँच, खानपिन,नियमित ब्यायममा ध्यान दिन आवश्यक रहेको समेत बर्ताइन् । प्रहरी अस्पतालमा बढी जसो पाठेघरको संक्रमण, बाझोपन, महिलाहरूको तल्लो पेट दुख्ने जस्ता लक्षणका बिरामीहरू आउने गरेको भएपनी सामान्यतया रुघाखोकी, चोटपटक लागेको, छालाको संक्रमण, नसाको समस्या, सुगर, प्रेसरका बिरामीहरू पनि आउने गरेको समेत डा. सिंहले बताइन् ।

प्रहरी अस्पतालमा उपचार सेवा छिटो छरितो र गुणस्तरीय रहेको दिपायलका स्थानीय बासी शङ्कर द्धारीयाले बताए । उनले भने अन्य अस्पतालमा जाँदा धेरै समय लाग्ने, लाइनमा बस्नुपर्ने उपचार पछि रिपोर्ट ढिला आउने, सामान्य उपचारको लागि पनि दिनभर कुर्नुपर्ने हुन्छ तर प्रहरी अस्पतालमा तुरुन्त उपचारका साथै रिपोर्ट पनि तुरुन्त आउने गरेको बताए ।

प्रहरी अस्पतालमा सेवा लिन आएकी आदर्श गाउँपालिका १ की राजमती खड्काले छोरा छोरी घरपरिवार बिरामी हुँदा प्रहरी अस्पतालमा आउने गरेको बताइन् । उनले भनिन् अन्य अस्पतालमा जाँदा पैसा घेरै लाग्छ, उपचार पनि ढिलो हुन्छ, धेरै समय कुर्नुपर्ने हुन्छ तर यहाँ पुग्नु मात्र हो उपचारको काम फटाफट हुन्छ सस्तो शुल्कमा प्रहरीले सहयोग गरिदिन्छन् ।

दिपायल स्थित सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल सँग जोडिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले बहालवाला नेपाल प्रहरी र भूपू प्रहरीहरूलाई मात्र नभई आम सर्वसाधारणले पनि सहज रूपमा सेवा लिन पाउने व्यवस्था रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलले जनाएको छ ।

अस्पतालमा सेवा लिन स्थानीय सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिकाबाट आउने गरेको भएपनि अन्य स्थानबाट पनि सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ । क्षेत्रीय प्रहरी अस्पतालमा बिहान ९ बजे देखि ३ बजेसम्म ओपिडी सेवा चल्ने गर्छ भने आकस्मिक सेवा २४ घण्टा खुल्ला रहेको हुन्छ । अस्पतालले ओपिडी सेवा सामान्य रोगको चेकजाँच, सर्जन सेवाको लागि परामर्श ,ल्याब सेवा, फिँजियो थेरापी सेवा पनि उपलब्ध गराउँदै आएको छ ।सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले धनगढीमा पनि शाखा खोलेर सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस