काठमाडौँ । मन्त्रालय बाँडफाँटका लागि बसेको सत्ता साझेदार दलहरूको शीर्ष बैठक चार घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठक अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिब ५ घण्टा छलफल भएको थियो । शक्ति बाँडफाँटको टुङ्गो लगाउन सत्ता साझेदार दलहरूबिच भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
दलहरूबिच मन्त्रालय, राष्ट्रपति, सभामुख र उपसभामुख लगायत पदबारेमा छलफल भइरहेको छ ।