काँग्रेस बागमती संसदीय दलको मुख्य सचेतक कुन्दनराज काफ्ले नियुक्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस बागमती संसदीय दलको मुख्य सचेतक कुन्दनराज काफ्ले नियुक्त


२ माघ २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा नियुक्त भएका छन् ।

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो ।

काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको अध्यक्षतामा बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा मनोनीत गरेको हो ।

काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस