मन्त्रालय टुङ्गो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रालय टुङ्गो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै


२ माघ २०७९, सोमबार


काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरू सदस्य छन् ।

संयन्त्रको बैठकले मन्त्रालय भागबण्डा टुङ्गो लगाउने छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘जे जस्ता कार्यसूची बाँकी छन्, त्यसमा गृहकार्य भएको छ । छिट्टै आवश्यक निर्णय हुन्छ ।’

स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरूले पाउने मन्त्रालय संख्या लगभग टुङ्गिएको छ । साँझ बस्ने बैठकले मन्त्रालय टुङ्गो लगाउने नेताहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस