प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ५ घण्टा छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ५ घण्टा छलफल


२ माघ २०७९, सोमबार


काठमाडौँ । सरकारलाई पूर्णता दिनेलगायतका विषयबारे प्याकेजमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै ५ घण्टा छलफल भएको छ ।

ओली निवास बालकोटमा बिहान १० बजेदेखि दुई नेताबीचको छलफलमा आजै मन्त्रिपरिषद्बारे टुङ्गोमा पुग्ने सहमति भएको छ ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे आजै टुङ्गोमा पुगिने बताए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले काँग्रेससहितको सर्वदलीय बैठक भोलि मङ्गलवार बस्ने समेत जानकारी दिए ।

‘सरकार विस्तारबारे आजै टुङ्गिन्छ । भोलि विश्वासको मत दिने नेताहरूको बैठक छ । भोलि थाहा हुन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीकै निवासमा लन्च मिटिङसहितको वार्ताका लागि बालकोट पुगेका थिए ।

निर्वाचनपछि एमाले नेतृत्वमा बनेको नयाँ समीकरणपछि प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस