आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने


२ माघ २०७९, सोमबार


काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरू भने खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा वित्तीय संस्थालाई कारोबार जारी राख्न निर्देशन दिएको हो ।

आज तीन घण्टा मात्र बैंकहरु खुल्ने छन् । केन्द्रीय बैंकको सूचना अनुसार बिहान १० बजेदेखि १:३० सम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय, शाखा कार्यालय खुला रही नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवाहरु प्रवाह हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस