२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। उनीहरुबीच बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए। उनले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको समेत बताए।

राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकासमा चीनको साथ रहने जानकारी गराए। राजदूत सोङले पोखरामा यति एयरलायन्सको विमान दुर्घटना भएकोप्रति दुख व्यक्त गरे। आइतबार भएको दुर्घटना भएको विमानमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। नयाँ राजदूत सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये सोङलाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।

प्रतिक्रिया दिनुहोस