भोलि राष्ट्रिय झण्डा आधा झुकाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भोलि राष्ट्रिय झण्डा आधा झुकाइने


१ माघ २०७९, आइतबार


काठमाडौँ । ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

सम्बन्धित समाचार : भोलि देशभर शोक बिदा दिने सरकारको निर्णय

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले  घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् ।

आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस