२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले भोलि १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवको पक्षमा ७४ भन्दा बढी सांसद देखिएका छन् । उनी मुख्यमन्त्री नियुक्त हुँदा लोसपा सरकारमा सामेल हुने टुङ्गो लागेको थिएन । तर, अहिले लोसपा समेत सरकारमा सहभागी भई मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । प्रदेशसभामा नेकपा एमालेका २४, जसपाका १८, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १, नागरिक उन्मुक्तिका १ गरी कुल ७४ भन्दा बढी सांसद सत्ता पक्षमा छन् । विपक्षमा नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका ७ जना गरी २९ जना देखिएका छन् ।

बारा २९१० बाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्कर कलवार एमालेमा प्रवेश गरिसकेका छन् । त्यसैगरी सप्तरी ४९२० बाट निर्वाचित अनिरुद्ध कुमार सिंह र महोत्तरी २ (२) बाट निर्वाचित सुरिता साह जसपामा प्रवेश गरिसकेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिमण्डल विस्तार गर्ने स्रोतले जनाएको छ ।