अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा 


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमान दुर्घटनामा मृत्यु भएका अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

काठमाडौँबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोँचमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा मृत्यु भएका ६४ जनाको शव भेटिएको छ । पोखराका मेयर आचार्यका अनुसार अधिकांशको पहिचान गर्न नसक्ने अवस्था छ ।

उनका अनुसार अहिले पनि मृतकहरूको शव सङ्कलन भइरहेको छ । तर सेतीको खोँचमा भएका कारण कठिन भइरहेको छ । भिरालोमा अड्किएका शवलाई तल (खोला किनारमा) झार्ने र नेपाल आर्मीको टोलीले डोरी लगाएर माथि ल्याउने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस