पूर्व राजा शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्व राजा शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त


१ माघ २०७९, आइतबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

पूर्वराजा शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।

साथै, विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति उनले समवेदना समेत व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस