प्रधानमन्त्रीका सबै कार्यक्रम स्थगित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीका सबै कार्यक्रम स्थगित


१ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।

आइतबार मन्त्रालय भागबन्डा लगायतका विषयमा सत्ता साझेदार दलहरूका बीचमा छलफल गर्ने तय भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सभामुख र उपसभामुखको निर्वाचनको विषयमा काँग्रेस सहितका दलहरूसँग छलफल गर्ने तयारी पनि गरेका थिए ।

आइतबार नै टुँडिखेलमा भइरहेको थारु समुदायको र मगर समुदायको माघी महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको थियो । औपचारिक÷अनौपचारिक रूपमा तय भएका सबै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस