विमान दुर्घटना : यथाशक्य छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विमान दुर्घटना : यथाशक्य छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन


१ माघ २०७९, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथा सक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

गृह सचिव, शान्ति सुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटना स्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए।

अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे जानकारी लिइरहेका छन्। आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस