राष्ट्रपति भण्डारी सुनसरी जाँदै आज « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी सुनसरी जाँदै आज


१ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्र जाने भएकी छिन् ।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी केही बेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराह क्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि जाने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस