गृह मन्त्रालयको निर्देशनसँगै लमजुङका सबै क्रसर उद्योग बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह मन्त्रालयको निर्देशनसँगै लमजुङका सबै क्रसर उद्योग बन्द


१ माघ २०७९, आइतबार


लमजुङ । गृह मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् ।

गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

सोहीअनुरूप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ । लमजुङमा ७ क्रसर उद्योग केन्द्र रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस