बालकको शव खाल्डोमा भेटिएपछि आमा र सौतेनी आमा पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बालकको शव खाल्डोमा भेटिएपछि आमा र सौतेनी आमा पक्राउ


३० पुस २०७९, शनिबार


काठमाडौँ । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ।

आलिताल गाउँपालिका–८ डाँडा खर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो।

घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ।

मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस