गुजरा र चन्द्रपुर नगरपालिकामा २ गते सार्वजनिक बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुजरा र चन्द्रपुर नगरपालिकामा २ गते सार्वजनिक बिदा


३० पुस २०७९, शनिबार


रौतहट। रौतहटको गुजरा र चन्द्रपुर नगरपालिकाले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

थारु तथा मगर समुदायको महान् पर्व माघीको अवसरमा गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाले बिदा दिएको हो ।

चन्द्रपुर नगरप्रमुख सञ्जय कुमार काफ्ले र गुजराका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जैसवालले छुट्टाछुट्टै सूचना जारी गरी माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते स्थानीय बिदा दिइएको जनाएका छन्।

माघ २ गते थारु समुदायको बाहुल्यता रहेको गुजरा तथा चन्द्रनिगाहपुर क्षेत्रमा विशेष माघी महोत्सव आयोजना हुने भएकाले नगरपालिका अन्तर्गत वडा कार्यालयहरू, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको गुजराका मेयर सन्तलाल चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस