२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको करबाट सुविधा लिने कसैलाई कमजोरी गर्न छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पारेका छन् । 

शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आफूले सकारात्मक हस्तक्षेप गर्दै सुधारमा लाग्ने भन्दै जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पारेका हुन् ।

खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने भएकाले केही समय लाग्ने हुँदा धैर्य गर्न जनतालाई उनले आग्रह गरे ।

नागरिकले अहिले विकास निर्माणको अनुभूति गर्न नपाएको भन्दै उनले जनतालाई अप्ठेरो भएकाले तमासा हेरेर बस्ने अवस्था नरहेको पनि बताए । मन्त्री श्रेष्ठले खानेपानी, ढल तथा भूमिगत विद्युतीकरणको काम सकिए उपत्यकाको सडक राम्रो अवस्थाको हुने उल्लेख गरे ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सडकको अवस्थाका बारेमा सम्बन्धित निकायका अधिकारीसँग सोधपुछ गरे । सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापालगायत सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो 

प्रतिक्रिया दिनुहोस