२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा केही सचिवहरूसँग समसामयिक विषयमा छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न क्षेत्रमा देखा परेका समस्याहरूमा केन्द्रित रही विषयगत मन्त्रालयका सचिवहरूसँग छुट्टाछुट्टै रूपमा ब्रिफिङ लिएका हुन् ।

प्रशासन सिंहदरवार विशेष ब्युरोका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले बाँकेमा फैलिएको दादुराको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयको टोलीसँग छलफल गरेका छन् । सबै संयन्त्रहरूलाई परिचालन गरी तत्काल नियन्त्रण गर्नेबारे छलफल भएको छ ।
त्यसै गरी अवैध ढुङ्गा, गिट्टी, बालुवा रोक्ने गृहको निर्णयबारे पनि प्रधानमन्त्रीले गृह सचिव विनोद प्रकाश सिंह र संघीय मामिला तथा सामान्य प्रशासन सचिव अर्जुन पोखरेलसँग छलफल गरेका छन् । गृहले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गर्ने निर्णयपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीले छलफल गरेको स्रोतले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सामाग्री अभाव भएकोले काम गर्न नसकिएको गुनासोसँगै प्रधानमन्त्रीले यसबारे रोक्न निर्देशन दिने गृह र खोल्न अनुमति दिने संघीय मामिला मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेका हुन् ।

अन्य केही सचिवहरूसँग सामान्य भेटघाट भए पनि स्वास्थ्य र ढुङ्गा, गिट्टी, बालुवालगायत विषयमा गहन छलफल भएको सचिवालय स्रोतले जनाएको छ । ती स्रोतका अनुसार आज करिब खानेपानी, आपूर्तिलगायत करिब १० जना सचिवहरूसँग अन्तरक्रिया तथा ब्रिफिङ भएको ती स्रोतले प्रशासनलाई जानकारी गराएका छन् ।

सबै सचिवहरूसँगको छलफलका क्रममा मुख्यसचिव शङ्कर दास वैरागीसँग समन्वय गरी निकास निकाल्ने भनिएको छ ।
पछिल्लो समय नियमित जसो कार्यालय आउने गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकाल खास र विशेष बनाउने भन्दै सरकारका कामकारबाहीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस