सन्दीप लामिछाने भोलि छुट्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीप लामिछाने भोलि छुट्ने


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् ।

उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौँ हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने बताए ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनलाई विदेश जान भने रोक लगाइएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस