सत्ता साझेदार दल मन्त्रिपरिषद् विस्तार केन्द्रित छलफलमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सत्ता साझेदार दल मन्त्रिपरिषद् विस्तार केन्द्रित छलफलमा


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । सत्ता साझेदार दलहरू मन्त्रिपरिषद् विस्तार केन्द्रित छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित साझेदार दलका प्रमुख नेताहरू मन्त्रिपरिषद् विस्तार केन्द्रित छलफलमा जुटेका हुन्। अहिले चलिरहेको बैठकमा सत्ता साझेदार दलका सबै प्रमुख नेताहरू सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँटमा सहमति जुटाएर दुई दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजनामा प्रधानमन्त्री प्रचण्ड छन्। साझेदार दलको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीबीच बालुवाटारमा अलग्गै छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस