निर्वाचनको तयारी गर्न देशभरका कलेजलाई त्रिविको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचनको तयारी गर्न देशभरका कलेजलाई त्रिविको निर्देशन


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले देशभरका कलेजहरूलाई स्ववियु निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचनको पूर्व तयारी गर्न भनेको हो ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही आधारमा पूर्व तयारी गर्नरगराउन भनेको हो ।

त्रिविको क्यालेन्डर अनुसार हरेक २र२ वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर, २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको थियो । २०७३ सालमा आंशिक अर्थात् २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । बाँकी क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन ।

यो पटकको निर्वाचन जसरी पनि गर्नुपर्ने दबाबमा त्रिवि छ । त्यसका लागि विद्यार्थी सङ्गठनहरूले समेत दबाब दिइरहेका छन् । उनीहरूले विज्ञप्ति जारी गरेर तथा त्रिविका पदाधिकारीहरूलाई भेटेर पनि आफ्नो निर्णयबाट पछि नहट्न भनिरहेका छन् ।

त्रिविले आफ्नो मातहतका निकाय तथा कलेजहरूलाई समेत तयारी थाल्न निर्देशन दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस