‘अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ’


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरू अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् ।

विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्वासीका रूपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताए।

उनीसँगै सुकुम्वासी बस्तीमा लामो समयदेखि बस्दै आएका गोपाल पौडेल पनि चौधरीसँग सहमत छन् । 

एकीकृत बागमती सभ्यता विकास समितिका प्रवक्ता वीरेन्द्र थपलियाले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती स्थानान्तरणका लागि आफूहरूले अध्ययन गरिरहेको बताए । उनले यसका लागि छलफल चलिरहेको समेत बताए । नयाँ मन्त्री आउनासाथ ‘ब्रिफिङ’का लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नरेन्द्र खड्काले काठमाडौँ महानगरपालिकासँग बागमती नदी किनारका सुकुम्वासी व्यवस्थापनका लागि समन्वय हुन नसकेको गुनासो गरे।

महानगरले दुई हप्ताअघि गृह मन्त्रालयले थापाथली सुकुम्वासी बस्ती हटाउन सहयोगका लागि अनुरोध गरेको थियो । तर गृह मन्त्रालयले भने आवश्यक छलफल, समन्वय र पूर्व तयारी नभएसम्म सहयोग नहुने र पूर्णरुपमा प्रक्रिया मिचेर बस्ती हटाउन नसकिने जवाफ दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस