सातै प्रदेशका डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सातै प्रदेशका डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)


२८ पुस २०७९, बिहिबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डिआइजी बसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा खटाइएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्युरोमा सुदीप गिरी पुगेका छन् ।

हेर्नुहोस् सरुवा सूचि :

Tags :
प्रतिक्रिया दिनुहोस