बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्।

बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्।

बालुवाटारमा भएको छलफलमा गोरखा र धादिङबाट निर्वाचित सांसदहरू उपस्थित थिए। गत मंसिरमा भएको चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पनि गोरखा क्षेत्र नम्बर २ बाटै प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।

गोरखा १ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँ र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित काँग्रेस सांसद रामनाथ अधिकारीलगायत उपस्थित छलफलमा प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना अघि बढाउन आवश्यक काम गर्न मुख्य सचिवलाई निर्देशन दिएका हुन्।

नेपालीहरूकै लगानीमा आयोजना बनाउने तयारी छ। आयोजना क्षेत्रमा पर्ने गोरखा र धादिङ तर्फका स्थानीयको घरजग्गाको मुआब्जा दिने काम भइरहेका छन्। तर कतिपय ठाउँमा मुआब्जा वितरणलगायत काम हुन सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस