घनश्यामलाई एकीकृत समाजवादीले पठायो स्वागत पत्र « प्रशासन
Logo १७ जेष्ठ २०८१, बिहिबार
   

घनश्यामलाई एकीकृत समाजवादीले पठायो स्वागत पत्र


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ।

भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए।

उनले भने, ‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुने गरी पत्र पठाएका छौँ। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौँ ।’

भुसाललाई समाजवादीले बुधबार अपराह्न पत्र पठाएको हो। भुसाल एक–दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस