पुटिनले फेरे सैनिक कमान्डर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुटिनले फेरे सैनिक कमान्डर


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको लडाइँको नेतृत्व गरेका सैनिक कमान्डर सर्गेइ सुरोविकिनलाई हटाई चिफ अफ जनरल स्टाफ वलियरी गेरासिमोफलाई जिम्मेवारी दिएका छन् ।

गिरासिमोफ सन् २०१२ मा चिफ अफ जनरल स्टाफ पदमा छन् । सोभियतकाल पछि सबैभन्दा लामो समयसम्म चिफ अफ जनरल स्टाफ पदमा रहेको उनी नै हुन् ।

युक्रेनका केही भू–भाग आफ्नो भएको दाबी गर्दा विवाद बढेपछि गत वर्ष २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस